27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 12:24

TRENDING .

सुटुक्क विशेष नगरपरिषद गर्दै कावासोती नगरपालिका

- Advertisement -

नवलपरासी, २८ भदौ । नवलपरासीको कावासोती नगरपालिकाले सरोकारवाला सबैलाई पनि खबर नगरी विशेष नगरपरिषद गर्दै छ । सर्वदलीय प्रतिनिधि र वडा नागरिक बाहेक अरुलाई खबर नै नगरी कावासोती नगरपालिकाले आज सुटुक्क विशेष नगरपरिषद गर्न थालेको हो । कवासोती नगरपालिकाको अघिल्लो परिषदबाट पारित गरेको बजेट भन्दा कम रकम आएको भन्दै नगरपालिकाले विशेष नगरपरिषद गर्न थालेको हो । नगरपरिषद गर्नु अघि राजनीतिक दलका प्रतिनिधिहरुबीच बजेटको दलीय भागवण्डा मिलाउन पटक पटक वैठक बसेको थियो । नेपाली काग्रेस नगर समितीका सचिव श्याम बस्ताकोटीका अनुसार हरेक वडामा नगरपालीका र वडावासीको साठी चालिसको साझेदारीको विकास निमार्णको कामको बारेमा छलफल रहेको बताए । आदिवासीबासी जनजाति महासंघ कावासोती समन्वय परिषदका अध्यक्ष देवीसरा पुलामीले लक्षित वर्गका लागि आएको रकम लक्षित वर्गका अगुवासंग सरोकार नै नराखी कटौती गरेको सुन्नमा आएको बताइन् । कावासोती नगरपालिकाका कार्यकारी निर्देशक हरिलाल पुरीले विशेष नगरपरिषद भएकोले कसैलाई नबोलाएको बताए । उनले सार्वजनिक चासोको विषयमा सरोकारवालालाई खबर गर्न पर्ने थियो भन्नेमा विशेष नगरपरिषदमा कहि कतै पनि नबोलाइने र बोलाउंदा धेरै हुनेभएकोले नबोलाएको भन्दै पन्छिए ।  नेकपा माओवादी केन्द्रका कावासोती नगरपालिकामा प्रतिनिधि गर्ने चेतनाथ पोख्रेलले ६०÷४० को बजेट कम्तिमा एउटा वडामा एउटा नछुटोस् भन्ने हिसावले छनौट गरिएको बताए । स्रोतका अनुसार यस्ता योजना पनि पहुँच भएका नेता र तिनका आसपासका गाउंमा मात्रै पारिएको छ । नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि पिताम्बर तिवारीले बजेट कम भएर आएकोले सर्वदलिय वैठक गरिएको बताए ।[ad id=”7822″]

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्