भदौ २७ । सिएन बराल । वेलायत । नेपाल तरुण दलको चौथो महाधिवेसनको पूर्व सन्ध्यामा नेपाल तरुण दल बेलायतले पनि आफ्नो दोस्रो अधिवेसन भव्यताका सम्पन्न गरेको छ । दलका अध्यक्ष सुरेश जमरकट्टेलको अध्यक्षता मा लन्डनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तरुण दल बेलायतका सम्पूर्ण सदस्यहरु, सुबेच्छुक तथा सल्लाहकारहरुको उपस्थीति रहेको थियो । नेपाल तरुण दलको केन्द्रको नियम अनुरुप तरुण दलको सदस्यहरुको मात्र उपस्थितिमा बन्द सत्रको कार्यक्रम अगाडी बढाई उक्त सत्रबाट नया कार्यसमिति चयन गरिएको र अध्यक्षमा निबर्तमान सचिब विश्व घिमिरे सर्बसम्मत रुपले निर्वाचित गरिएको निबर्तमान अध्यक्ष ई। शुरेश जमरकट्टेलले जानकारी दिनु भयो । त्यसै गरि आसन्न महाधिवेसनमा प्रतिनिधित्व गर्न नेपाल तरुण दलको अनुरुप अध्यक्ष विश्व घिमिरे सहित बद्री सापकोटा र क्षितिज कुमार चौधरी लाई सर्बसम्मत रुपले महाधिवेसन प्रतिनिधिमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । त्यसै गरि नवनिर्वाचित कार्यसमितिमा पदाधिकारी तथा केहि सदस्यहरु जनसम्पर्क समिति बेलायतका नेताहरु, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधिहरु, तथा सल्लाहाकार ज्युहरु संग परामर्श गरि मनोनित गर्ने निर्देश भएको पनि अध्यक्ष घिमिरेले जानकारी दिनु भयो । भेलाले सदस्यहरुमा छत्रनाथ बराल , नवराज पराजुली , पंकज प्रधान , सुमन चालिसे , श्रद्धा सुबेदी , नन्द बहादुर चौधरी र जीवन गुरुङ चयन गरेको छ । [ad id=”7822″]