27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 10:36

TRENDING .

बुबालाई पत्र लेख्दै ९ मा पढ्ने बिशालले गरे आत्महत्या ! [सुसाइट नोट सहित]

- Advertisement -

बुटवल ,भदाै २७-बुटवल ११ कालिकानगर टिचरपथमा अस्थायी रुपमा बस्दै आएका १५ बर्षिय बिशाल भुसालले बुबालाइ चिठि लेख्दै आत्महत्या गरेका छन्  । उनले आफ्नै रुमको पङ्खामा बेडको तन्नाले घांटीमा पासो लगाएर ज्यान फालेका हुन् । बाग्लुङ बुर्तिबाङ १ मा स्थायी घर भइ बिगत ४ महिनादेखि बुटवलमा बाबु नरहरि भुसालसंग बस्दै आएका थिए ।  बिशाल बुटवलको कालिकानगरमा रहेको कालिका उच्च माबि कक्षा ९ मा पढ्दै आएका थिए । उनले सुसाइट नोटमा लेखेका छन्—‘म मरेको दोष अरु कसैलाइ नदिनु मेरै कारणले मरेको हुं ।’ ‘म मरेपनि भाइ र बहिनी ज्यूदै छन् भाइलाइ इलेक्ट्रिक इन्जिनियर,बहिनीलाइ डाक्टर बनाउनू ’ ।उनका बुबा बिजुलीको वाएरिङ गर्ने काम गर्छन् ।

उनी डेढ महिनाअघिदेखि बिभिन्न जिल्लामा बिजुलीको कामका लागि गएका थिए । बिशाल भने अहिले एक्ले रुममा बस्दै आएका थिए । बिशालकी आमा भने बुबासंग डिभाेर्स गरेर गएकाे धेरै बर्ष बितिसकेकाे बताइएकाे छ । आत्महत्याबारे प्रहरीले थप अनुसन्धान थालेकाे बुटवल प्रहरीले जनाएकाे घटनास्थलमा पुगेका प्रहरी नायब निरिक्षक श्यामबहादुर पुनले बताए । उनले बुबालाई बिहे गरेर भाइबहिनीकाे संरक्षण गर्न सुझाब पनि दिएका छन् ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्