27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:44

TRENDING .

सवारी दुर्घटनामा ३ को मृत्यु

- Advertisement -

bike accidentसर्लाहीको हरिऔनमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मुत्यु भएको छ । एक पैदलयात्री घाइते भएका छन् ।गएराती पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरीऔन नगरपालिका-११ स्थित इलाका प्रहरी कार्यालय अगाडि काँकडभिट्टाबाट धनगढी तर्फ जाँदै गरेको मे १ ख २१०८ नम्बरको बसले ना ३९ प ३५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हरिऔन नगरपालिका-१ का १७ वर्षीय बिशाल श्रेष्ठ, मोटरसाइकल पछाडि बस्ने हरिऔन नगरपालिका-११ का १९ वर्षीय अमिरजंग थापा र सोहि स्थानका १९ वर्षीय विकास विक रहेको सर्लाहीका एसपी उत्तमराज सुवेदीले जानकारी दिए । दुई जनाको नमूना अस्पताल हरिऔनमा उपचारका क्रममा ज्यान गएको हो भने एक जनाको चुरेहिल हस्पीटल हेटौंडामा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिऔनले जनाएको छ ।मोटरसाइकलले बाटो क्रस गर्न लागेको बेला बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा घाइते पैदल यात्री हरिऔन नगरपालिका-११ का पवनखोजु श्रेष्ठ नमूना अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्