27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 11:42

TRENDING .

बुधबारसम्म बर्षा जारी रहन्छ

- Advertisement -

लगातारको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित देशैभर बर्षा भइरहेको छ । आइतबार दिउँसोदेखि सुरु भएको वर्षा बुधबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबारदेखि दिउँसो मौसममा सामान्य सुधार भए पनि राति भने वर्षा हुने महाशाखाले जनाएको हो । मनसुनी वायु सकृय भएको, बंगालको खाडीबाट जल बाफसहितको हावा नेपाल प्रवेश गरेको र भारतमा न्यून चापिय क्षेत्र विकास भएकाले नेपालमा पानी परेको महाशाखाको भनाइ छ ।महाशाखाले देशको पूर्वी र मध्य क्षेत्रमा ठूलो बर्षा हुने अनुमान समेत गरेको छ । पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा सबैभन्दा बढी ८५ दशमलव ५ मिलिमिटर पानी परेको छ ।त्यस्तै काठमाडौंमा ६७ मिलिमिटर, ताप्लेजुङमा ५८ र डडेल्धुरामा ४१ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी हेटौंडा, काभ्रे, भैरहवा, ओखलढुंगा, दोखलालगायतका स्थानमा पनि भारी वर्षा भइरहेको छ ।लगातारको वर्षाका कारण देशका ठूला नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेको छ । सप्तकोशी र महाकाली नदीमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेको छ ।

सप्तकोशीमा दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको वहाव बढेर २ लाख २ हजार ८० पुगेको छ । कोशी ब्यारेजका ५८ मध्ये अहिले २३ वटा ढोका खोलिएको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्