27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:57

TRENDING .

तराईको सिमा क्षेत्रका सर्वसाधारणको मानवअधिकार अत्यन्तै जोखिममा : आयोग, अवस्था दर्दनाक

- Advertisement -

भदौ-२६, राष्ट्रिय मानव अधिकार आयोगले तराईको दक्षिणी सिमा क्षेत्रका सर्वसाधारणहरुको मानवअधिकारको अवस्था अत्यन्तै जोखिममा रहेको तथ्य सार्वजनिक गरेको छ । डुवान कटान तथा भारतीय हस्तेक्षकारी व्यवहार तथा नेपाल सरकारको कमजोर उपस्थितीका कारण सिमा क्षेत्रका नेपालीहरुको अवस्था दर्दनाक रहेको ठहर आयोगको छ । आज बुटवलमा मानवअधिकार अयोग उपक्षेत्रीय कार्यालय बुटवलको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले राज्यको तत्काल ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो । केही दिन देखि आयोगका सदस्य महोना अन्सारी तथा सदस्य शर्मा पौड्यालको टोलीले गरेको स्थलगत अनुसन्धानपछि यस्तो निष्कर्ष बुटवलमा सार्वजनिक गरिएको हो । कटान डुवान, मानव निर्मित वांध लगायतका कुराहरुबाट सिमावासी प्रताडित रहेको भन्दै र्पौड्यालले सो क्षेत्रमा आधारभुत विकास निमार्ण नहुदां शिक्षा स्वास्थ्य आर्थिक लगायतका विषयमा पनि उनीहरु पीडित रहेको बताउनु भयो । चितवनदेखि दाङ जिल्ला सम्मको सिमाक्षेत्रमा स्थलगत अनुसनधान गरेको टोलीले तयार पारेको रिर्पोट तत्काल सरकारललाई बुझाउने पनि उहांले बताउनु भयो । नवलपरासीको नर्सही, कुडिया पकलिहवा रुपन्देहीको मर्चवार बुटवलको तिनाउ नदी किनारको केहि बस्ती, कपिलवस्तुको रंगपुर, बेदौली, पर्सिया, हदौना, समडी लगायत क्षेत्रहरु डुवान तथा मानव निर्मित संरचनाको प्रत्यक्ष मारमा परेका छन् । त्यसैगरि दाङ जिल्लाको गढुवा,गंगापुर कोईलावाश लगायतका क्षेत्रमा न्यूनतम आधारभुत आव्श्यकताको समेत अभाव तथा खानेपानीका लागि समेत भारतीय भुमिको प्रयोग गर्नु पर्ने अवस्था रहेको पौड्यालले बताउनु भयो । लुम्बिनी अञ्चलका अलवा चितवन समेत कार्यक्षेत्र रहेको बुटवल कार्यालयले संकलन गरिएका सम्पणु समाग्रिहरु समेत सरकारलाई रिपोर्ट बनाएर पेश गर्नुपर्ने कार्यालय प्रमुख बुद्धनारायण साहनी केवटले बताउनु भयो ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्