27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:22

TRENDING .

भरतपुर अस्पतालका कर्मचारी आन्दोलनमा, आन्दोल गरे कारवाही गर्ने अस्पतालको कडा चेतावनी

- Advertisement -

भदौ-२६, भरतपुर, चितवनको भरतपुर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रने भएकाछन । माग सम्वोधन नभएको भन्दै आज कर्मचारी यूनियनले बिज्ञप्ती जारी भोलीदेखि हरेक दिन बिहान ओपिडी सेवा प्रभावित बनाउने गरी धर्ना लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यस अघि कर्मचारी युनियनले भाद्र २० गते अस्पतालमा कर्मचारी राख्दा कर्मचारी युनियनसँग सरसल्लाह गर्नुपर्ने, कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने, स्त्तरोन्नती गर्नुपर्ने, ज्यालादारी कर्मचारीहरूलाई करारमा लैजानुपर्ने लगायतका ६ बुदे माग पेश गरेको थियो ।

यसै बिच भरतपुर अस्पतालका कर्मचारीहरुले आन्दोलन गर्ने खबर सार्वजनिक गर्ने वित्तिकै अस्पताल प्रशासनले कडा प्रतिक्रिया जनाएको छ । भरतपुर अस्पतालले अस्पताल विकास कर्मचारी युनियनका नाममा आन्दोलनका कार्यक्रम घोषणा गरेर सेवा अवरूद्ध गर्न आन्दोलरत कर्मचारीहरूलाई चेतावनी दिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्रप्रसाद मरासिनीले एक विज्ञप्ती जारी गरी कर्मचारीहरूले राखेका जायज माग सम्वोधन गर्न अस्पताल प्रशासन तयार रहीरहेको सन्दर्भमा हठात रुपमा कर्मचारी यूनियनका नाममा सेवा प्रवाहलाई प्रभावित बनाउने गरी आन्दोलनको घोषणा गरिएको प्रति आपत्ति जनाउनुभएको छ ।
अस्पताल प्रशासनले माग सम्वोधनका लागि कर्मचारी यूनियनका लागि पत्र समेत पठाइसकेको अवस्थामा आन्दोलनमा जान हत्तारिएर सेवा प्रवाह अबरूद्धको प्रयास गरिएको जारी विज्ञप्तीमा उल्लेख छ । संयमित भएर माग राख्न, माग माथि छलफल गर्न आउन तयार हुन समेत अस्पताल प्रशासनले कर्मचारी यूनियनलाई आग्रह गरेको छ ।
आन्दोलनका नाममा सेवा अबरूद्ध भएमा, बिरामीहरूले दुःख पाएमा वा अन्य कुनै दुर्घटना भएमा अस्पताला प्रशासन आन्दोलनरत कर्मचारी प्रति प्रचलित ऐन कानून बमोजिम कारर्वाही गर्न बाध्य हुने मेसु मरासिनीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । कर्मचारी युनियनले अस्पतालको ओपिडी सेवा प्रभावित गर्ने गरी घोषणा गरेको आन्दोनलका कार्यक्रमका बारेमा अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी दिइसकेको छ । भरतपुर अस्पतालको ओपिडिमा दैनिक औसत १ हजारको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गर्दछन् ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्