‘बाल यौन दुराचार’ को आरोपमा प्रहरीले एक नेपालीसँगै अमेरिकी नागरिकलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकोले अमेरिकी नागरिक कोनिक जोसेफ कन्मस र नेपाली नागरिकलाई गत शुक्रबार पक्राउ गरेको हो ।
ठमेलको यम्बु होटलमा छापा हानेर करिव १२ देखि १६ वर्षका बालकसहित कन्मस र पुतवारलाई पक्राउ गरेको ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिए । ‘बाल यौन दुराचारमा सक्रिय समूहले उक्त होटलमा आउने विदेशी नागरिकलाई बालबालिका उपलब्ध गराउँदै आएको छ भन्ने सूचना आएको थियो,’ डिआईजी सिलवालले भने –‘होटलमा छापा मार्दा २ जना पक्राउ परेका हुन् ।’ कन्मस गत अगस्टमा नेपाल आएका थिए । पुतवारले ग्राहकहरूलाई बालक उपलब्ध गराउँदै आएको पाइएको प्रहरीकाे भनाइ छ ।
पुतवारले यौन दुराचारका लागि बालबालिका पठाउने र ग्राहकले बालबालिकालाई मुख मैथुन लगायतका यौन क्रियाकलाप गरेको प्रहरीको दाबी छ । उनीहरुलाइ काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान भईरहेको उनले बताए ।[ad id=”7822″]