27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:56

TRENDING .

बिरामीलाई आईसीयुमै बलात्कार गर्ने एपोलो अस्पतालका दुई डाक्टर पक्राउ

- Advertisement -

एजेन्सी – बिरामीलाई बलात्कार गरेको आरोपमा भारतमा दुई डाक्टर पक्राउ परेका छन् । एपोलो अस्पातालको इन्सेन्टिभ केयर युनिट (आईसीयु) मा उपचार गराईरहेकी एक २१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कारमा सघाउने अर्का डाक्टर पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनामाथि बलात्कार र महिला माथि दुव्र्यबहार गरेको मुद्दा लगाइनेछ। प्रहरीका अनुसार चिकित्सकले बिरामीलाई अचेत हुने औषधी खुवाएर बलात्कार गरेका थिए ।  डेंगुको उपचारका लागि पुगेकी उनीमाथि दुईपल्ट बलात्कार भएको प्रहरी इन्स्पिेक्टर के के पान्डेले बताएको द इन्डियन एक्सप्रेसले जनाएको छ । एपोलो अस्पतालले सो घटनामा संलग्न चिकित्सकलाई कडा कारबाही गर्न प्रहरीलाई सहयोग गर्ने  प्रतिबद्धता जनाएको छ।घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेकोले यसबारेमा हामी थप अनुसन्धान गरिरहेका छौ एपोलो अस्पतालका अधिकारी सन्दीप जोशीको भनाई उद्घृृत गर्दै भारतको एनडीटीबीले जनाएको छ।सन् २०१२ मा दिल्लीमा बसभित्रै एक मेडिकल छात्राको बलात्कारपछि हत्याको घटनापछि भारतमा बलात्कारलाई निकै चासो दिइन्छ । सो घटनापछि भारतमा बलात्कारबिरुद्ध कडा नियम बनाइएका छन् । भारत सरकारले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने नयाँ व्यबस्था गरेको छ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्