सिरियामा सोमबारबाट युद्धविराम लागु गराउन रुस र अमेरिकाबीच सहमति गरेको भोलिपल्ट त्यहाँ हवाई आक्रमण भएको छ ।
सिरियामा बिद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा कम्तिमा एक सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
हवाई आक्रमणमा ९० जना भन्दा धेरै घाइते भएका छन् । इडलिब प्रान्तको सहरमा भएको हवाई आक्रमणमा ६० तथा एलेप्पो प्रान्तमा भएको आक्रमणमा कम्तिमा ४५ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमध्ये धेरै एक भिडभाड भएको बजारमा तरकारी किनिरहेका थिए ।
अमेरिका र रुसबिच सिरियामा १० दिन युद्धविराम गर्ने सम्झौता भएको छ । अमेरिका र रुसबिच इस्लामिक स्टेट आइएस, अल–नुस्रा फ्रन्टसहितका इस्लामिक बिद्रोही विरुद्ध एकीकृत आक्रमण गर्ने सहमति पनि भएको छ । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, टर्कीले सहमतिको स्वागत गरेका छन् ।
सहमति अनुसार सोमबारबाट कम्तीमा एक हप्तसम्म युद्धविराम लागू भए रुस र अमेरिकाले इस्लामी विद्रोहीहरुविरुद्ध मिलेर हवाई आक्रमण गर्ने बताइएको छ ।[ad id=”7822″]