भदौ २६ । नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दल वेलायतको दोस्रो अधिवेशन बाट अध्यक्षमा विश्व घिमीरे चयन हुनुभएको छ । वेलायत बस्दै आउनुभएका घिमीरे को स्थाई घर नवलपरासीको वर्दघाटमा पर्दछ । साथै अधिवेशनले घिमीरे सहित ८ जनाको समिती समेत चयन गरेको छ । निर्वाचित समितीले सहमतिमा बाकीँ प्रतिनिधी चयन गर्ने बताईएको छ । निर्वाचित अध्यक्ष घिमीरे जन सम्पर्क समिती वेलायतको महासचिव समेत हुनुहन्छ । तरुणदलको महाधिवेशन नजिकीए संगै देश तथा विदेशमा तरुण दलको अधिवेशन धमाधम भईरहेको छ ।[ad id=”7822″]