8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीका दुई व्यक्तिको साउदीमा मृत्यु

- Advertisement -

भदौ-२६, रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ ।साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।

दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भएर अस्पताल लैजाने क्रममा नै मृत्यु भएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीले जनाएको छ ।त्यस्तै तीन महिनाअघि साउदी पुगेका कावासोती–९ का मीनप्रसाद अर्यालले विष सेवन गरेर आत्महत्या गरेको परिवारजनलाई उद्धृत गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र, कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो ।[ad id=”7822″]

यसैबीच वैदेशिक रोजगारीबारे यो हप्ता नवलपरासीबाट १८१ जनाले सेवा लिएका छन् । नवलपरासीको परासीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट नौ महिलासहित ७४ जनाले सेवा लिएका हुन् । सो क्रममा सातवटा केश दर्ता भएको केन्द्रकी परामर्शदाता विना चौधरीले जानकारी दिनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्