सामसुङको ग्यालेक्सी नोट ७ स्मार्टफोन पड्केर आगो लाग्ने गरेको घटना बाहिर आएपछि भारतले हवाई जहाजमा यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।भारतको नागरिक उड्डन मन्त्रालयले सूचना जारी गरेर उडानका बखत सामसुङको ग्यालेक्सी नोट ७ स्मार्टफोन प्रयोगमा रोक लगाएको हो । हवाई यात्री र एयरलाइन्सको सल्लाह अनुसार भारतले उडानका बखत उक्त मोबाईल प्रयोगमा रोक लगाएको बीबीसीले उल्लेख गरेको छ ।भारतमा यो नियम लागु भएपछि यात्रुहरूले हवाईजहाजमा ग्यालेक्सी नोट ७ लैजान पाउछन । तर विमानमा मोबाईल स्वीच अफ गर्नु पर्छ ।विश्वका विभिन्न मुलुकमा सामसुङको ग्यालेक्सी नोट ७ स्मार्टफोनको ब्याट्री विस्फोट भएको घटना लगातार बाहिर आएका घटनालाई मध्ये नजर गर्दै भारतको रक्षा मन्त्रालयले उक्र कदम उठाएको बताइन्छ ।यता सामसुङले भनेको छ ‘सामसुङको ग्यालेक्सी नोट ७ स्मार्टफोनको भारतमा विक्री शुरू भएको छैन ।’यसैगरी, अस्ट्रेलियाका तीन विमानसेवा कम्पनीहरूले पनि उडानका बखत उक्त मोबाईलकोे प्रयोगमा प्रतिबन्ध लगाएका छन् । अमेरिकी विमान कम्पनीहरूले पनि सामसङमा प्रतिबन्ध लगाउने सोच बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अस्ट्रेलियाका क्वान्टस, जेटस्टार र भर्जिन अस्ट्रेलिया विमान कम्पनीहरूले सामसङको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्् ।सामसुङले अगस्ट १९ मा उक्त मोबाईलाको विक्री सुरु गरेको थियो । तर, मोबाईल चार्जको क्रममा ब्याट्रीमा आगो लागेको घटना बाहिर आएपछि कम्पनीले उक्त मोडेलका पुराना मोबाईल फिर्ता मगाएर ग्राहकलाई नयाँ मोबाईल दिने निर्णय गरेको थियो ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
