27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 11:35

TRENDING .

संविधान संशोधन गरेर हरेक समुदायको मागहरु सम्बोधन गरिने, संशोधनको प्रक्रिया अगाडि बढ्दै

- Advertisement -

भदौ-२५, खगराज सापकोटा । वन मन्त्री शंकर भण्डारीले मधेसी, आदिवासी जनजाति, थारु लगायतका समुदायको मागहरु सम्बोद्धन गर्नका लागि संविधान संशोद्धनको प्रक्रिया अगाडि बढेको बताएका छन् । संविधान संशोद्धनका लागि एमालेसंग पनि छलफल भईरहेको र एमाले आफैपनि जिम्मेवार दल रहेकोले यसमा एमाले सकारात्मक हुने बताए । अहिले एमालेले संविधान संशोधनका बिषयमा गरेको बिरोध बिरोध नभईकन उसले असल प्रतिपक्षको भूमिका निर्वाह गरेको अर्थमा आफुले लिएको पनि उनले बताए । प्रेस युनियन नवलपरासीले शनिबार कावासोतीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वन मन्त्री शंकर भण्डारीले वन क्षेत्रमा व्यापक अतिक्रमण भएको र अतिक्रमण रोक्न आफू लागी परेको बताए ।[ad id=”8142″] उनले भने वन अतिक्रमण बनेर संरचना बन्छ त्यहाँ विद्युत कार्यालयले विद्युत, टेलिकमले फोन, खानेपानीले धारा उपलब्ध गराउंछ यस्तो हुने भएन सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर अतिक्रमण रोकिन्छ । भण्डारीले आवश्यकता अनुसार कानुन परिवर्तन गरेर चुरे क्षेत्रमा परेका खोलाको निकासी खोल्ने बताएका छन्। उनले पछिल्लो समय बन्द भएका क्रसर उद्योग पनि कानुनलाई परिमार्जन गरेर खोलिने बताए। मन्त्री भण्डारीले शनिबारनै कावासोती विपी चोकको बिपी भवनमा नवलपरासीका आफ्ना कार्यकर्ताहरुसंग भेटघाट समेत गरेका थिए ।[ad id=”7822″]

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्