8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा अवैध हतियार सहित ३ जना पक्राउ

- Advertisement -

भदौ-२५, अवैध हातहतियार सहित नवलपरासीमा ३ जना पक्राउ युवाहरु परेका छन् । पक्राउ पर्ने तिनै जनालाई ईप्रका बेलाटारीमा हिरासतमा राखेर अनुसन्धान भैरहेर्को लाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जनाएका छन् ।
पक्राउ पर्नेमा नवलपरासीको गूठी सुर्यपुरा गाविस वडा नं. ७ का १८ वर्षे सुनिल कमकर, १९ वर्षे सन्तोष कमकर र पकलिहवा गाविस ४ का १८ वर्षे अशोक कुशवाहा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ थान एयर गन, त्यसमा लाग्ने ८५ राउण्ड गोली, स्प्रिंग लोडेड रामपुरी चाकु र युपी ५० एयु २०६८ नं. को एउटा भारतीय मोटरसाइृकल बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जनाएका छन् ।
सुनिल कमकरले प्रतापपुर गाविसमा रहेको त्रिभुवन उच्च मावि बेलाटारीमा पसेर विद्यार्थीलाई गाली गलौज गरेको र प्राचार्य बृजेश कुमार गुप्ताले सम्झाई बुझाई गर्दा नमानेको र प्राचार्यलाई समेत अभद्र व्यवहार गर्न खोजेपछि प्रहरीलाई खबर गरिएको विद्यालय श्रोतले जनाएको छ । कक्षा १२ का पुर्व विद्यार्थी रहेका सुनिललाई प्रहरीले ईप्रका लगेर सोधपुछ गर्दा अन्य २ जना साथी पनि आफुसंगै आएको बताएपछि प्रहरीले अशोक कुशवाहा र सन्तोष कमकरलाई समेत विद्यालयको गेटबाट हातहतियार सहित पक्राउ गर्न सफल भएको थियो ।
सुनिल यसअघि पनि विद्यालयमा आई होहल्ला मच्चाउने र विद्यार्थीहरुलाई तर्साउने गरेको विद्यालयको भनाई छ । प्रहरी अनुसन्धानमा अशोक कुशवाहाले प्रयोग गरेको युपी ५० एयु २०६८ नं. को मोटरसाइइकलको डिग्गीबाट एयर गन र त्यसमा लाग्ने ८५ राउण्ड गोली सुनिल कमकमरबाट  बरामद गरिएको प्रहरीको भनाई छ । त्यस्तै सन्तोष कमकरबाट १ थान चाकु बरामद गरिएको ईप्रका बेलाटारीले जनाएको छ ।
ईप्रका बेलाटारीले भदौ २४ गते पक्राउ परेका तिनैजनालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । अनुसन्धान जारी रहेको छ र बरामद भएको अवैध हातहतियारको आधारमा अवैध हातहतियार तथा खरखजाना अन्तगर्त मुद्दा चलाईने प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताएका छन् ।
विद्यालय क्षेत्रबाट अवैध हतियारको बरामदगीबाट विद्यालय वातावरण खलबलिएको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरु आतंकित बनेका छन् । शिक्षकहरु समेत मानसिक प्रभावति भएको स्थानीयवासीको भनाई छ । यस अघि पनि सो विद्यालयमा अध्ययनरत रहेका एकजना दलित छात्र हराईरहेका छन् । अहिलेसम्म उनको कुनै अत्तोपत्तो छैन । [ad id=”8142″]

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्