काठमाडौं २५ भदौ ।
आर्थिक लाभ प्राप्तिको अन्धबिश्वासमा किशोरीको बलि दिने प्रयास गरेको आरोपमा तनहु“का भोजबहादुर शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरेको हो । १४ साउन २०७२ मा उनी लगायतका व्यक्तिले एक १६ वर्षीया किशोरीलाई नागार्जुनस्थित एक घरमा बन्धक बनाई बली दिने प्रयास गरेका थिए ।
आफुलाई काटेर भगवानलाई बलि दिन लागेको थाहा पाएपछि ती किशोरी भागेर प्रहरीकोमा पुगेकी थिइन् । प्रहरीले तन्त्रमन्त्रको काम गर्ने भारतीय नागरिक कानु पहरी लगायतलाई त्यसबेला नै पक्राउ गरेको थियो । तर किशोरीलाई आर्थिक प्रलोभनमा पारी उक्त स्थानमा लगेर बन्धक बनाउने शाह भने फरार रहदै आएका थिए । उनलाई पोखराबाट बिहिबार पक्राउ गरिएको सिआईबीका एसपी दिवेश लोहनीले बताए । प्रहरीले उनलाई अदालतमा पेश गरेकोमा अदालतले थुनाका लागि जेल पठाउने आदेश दिएको छ ।
उक्त डेराबाट प्रहरी मानव कंकाल समेत बरामद गरेको थियो । कोठामा राखेर किशोरीलाई मानब खप्परमा नियमित रुपमा पूजा गर्न लगाइएको थियो । आफुलाई बलि तयारी बारे कुरा गरेको सुनेपछि उनी भागेकी थिइन् । अन्धबिश्वासमा परेर उनीहरुले बलि दिने प्रयास गरेका थिए । शाहलाई अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको छ ।
नयाँपत्रिकाबाट[ad id=”8142″]