24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

कावासोतीका किसानलाई मलासेस तयार पार्ने तालिम

- Advertisement -Flowers in Chania

भदौ २४ ।  कावासोती नगरपालिका १ कोइलापानीमा  पशु आहार मलासेस  तयार पार्ने तालिम सम्पन्न भएको छ । जैविक विविधता,जलवायु परिवर्तन र एकिकृत शत्रुजिव व्यावस्थापनमा जनसहभागितामुलक परियोजना चितवन अन्नपूर्ण नेपालको अगुवाईमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कृषि वन विज्ञान विश्व विद्यालयका प्रा.डा.मोहन शर्माले सहभागी किसानहरुलाई खनिज ढिक्का र युरिया मलासेस ढिक्का बनाउने विधिको बारेमा बताई प्रत्यक्ष रुपमा किसानहरुलाई नै बनाउन लगाईएको थियो । खनिज ढिक्काको प्रयोगले पशुहलाई रोगबाट बचाउने,१५–२० प्रतिशतसम्म दुध उत्पादनमा वृद्धि हुने,बाँझेपनको समस्या पनि हल हुने र पेटमा रहेको बच्चालाई पनि स्वास्थ रहन मद्दत पुग्ने प्रा.डा शर्माले बताउनु भयो ।स्थानिय स्रोत र साधनको प्रयोग गरि बनाउन सकिने भएको हुँदा यो त्यति झन्झटिलो नभएको डा.शर्माले बताउनु भयो ।स्थानिय रुपमा पाईने अण्डाको बोक्रा,रातो माटो,नुन,मैदा र पानीको समिश्रणबाट आवश्यकता अनुसार खनिज ढिक्का बनाउन सकिन्छ । कार्यक्रम ‘युएसआइडी’ त्रिभुवन विश्व विद्यालय र कृषि बन विज्ञान विश्व विद्यालय रामपुरको सहकार्यमा सम्पन्न भएको हो ।कार्यक्रम आगामी ४ वर्ष सम्म जलवायु परिवर्तन, जैविक विविधताको विषयमा केन्द्रित रहेर चितवन,नवलपरासी,कपिलवस्तु,स्याड्जा र कास्कीमा निरन्तर सञ्चालन गर्ने कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो । किसानहरुले  तालिम पछि आफ्ना समस्यामा सहयोग पुग्ने समेत उनिहरुले विश्वास राखेका छन । उक्त कार्यक्रममा झरना आमा समुहका ४० भन्दा बढि किसानहरुको सहभागीता रहेको थियो।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्