त्रिशुली नदीमा मालवाहक ट्रक खस्दा चालक र सहचालक बेपत्ता भएका छन् ।नारायणगढदेखि काठमाडौं आउदै गरेको ना.३ ख ६०१७ नम्बरको मालबाहक ट्रक कुरिनटार नजिकै त्रिशुली नदीमा खस्दा चालक दाङका कालीप्रसाद चाैधरी र सहचालक प्यूठानका लाले मगर बेपत्ता भएको चितवन प्रहरीले जनाएकाे छ ।ट्रकका साहु नुवाकाेटका शिवराम सिजवालले उक्त जानकारी दिएकाे चितवन प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए । ट्रक खसेको स्थान मुग्लिनदेखि ३ किलोमिटर पूर्व कुरिनटार नजिकै हो । ईलाका प्रहरी मुग्लिन र सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम केन्द्रको टोलीले खोजी गरिरहेको उनले बताए । अहिलेसम्म ट्रक र मानिस फेला परेको छैन ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
