8.1 C
Kathmandu
Flowers in Chania

चिन बाट अदुवा नेपाल आएपछी नवलपरासीको अदुवा बजार प्रभावित

- Advertisement -

कावासोती भदौ २४ । नवीन पौडेल ।चिन बाट अदुवा नेपाल आउन थालेपछी नेपालको अदुवा बिक्न  छाडेको छ । किसान बाट व्यवसायीले खरीद गरेर राखेको भएपनी भारत निकासीमा रोक लागेपछी व्यवसायी मर्कामा परेका छन् । चिन बाट नेपाल हुदै अदुवा भारत निकासी हुन थालेपछी भारतले विषाधी मिसीएको भन्दै नेपालको नाका बाट अदुवा निर्यातमा रोक लगाएको छ । उद्योग वाणीज्य संघ नवलपुर तथा अदुवा उत्पादन तथा व्यापार संघ नवलपरासीका अध्यक्ष ओम पौडेलका अनुसार उत्पादीत अदुवाले बजार नपाउदा किसान र व्यवसायी दुबै लाई मर्का परेको बताउनुभयो । मुलुकभरमा अदुवा उत्पादनमा चौथो जिल्लामा पर्ने नवलपरासीका १७ पहाडी गाविसमा व्यवसायिक रुपमा अदुवा उत्पादन हुने गरेको जिल्ल कृषि विकास कार्यालयको तथ्याङक छ । पछ्ल्लिो आर्थिक वर्षमा १४ हजार ४ सय मेट्रिक टन  अदुवा उत्पादन भएको थियो । तर उचित वजार भाउ नपाएको भन्दै कृषकहरु अदुवा खेतिको नयां वजार को खोजिमा रहेको वेग वहादुर ठकुरीले वताउनु भयो । अहिले नवलपरासीमा सुठो प्रतिकीलो १सय ६०  र अदुवा काचो ३५ रुपैयामा वेचविखन हुदै आईरहेको छ । खास गरी कृषकहरुमा अदुवा उत्पादन गरेपछि यस्को वजार र भाउ को वारेमा रामा्रे ज्ञान नहुदा ठुलो समयास्याको रुपमा देखा परेका छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्