२४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती आज नवलपरासी लगाएत मुलुकभर मनाइँएको छ । कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् ।नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदैछन् ।पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेकाे समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले काेइरालाकाे सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए । नवलपरासीको विभिन्न स्थानमा बीपीलाई सम्झेर मनाइएको छ । जिल्लाको सदरमुकाम परासी , सुनवल , पक्लिहवा लगाएतका स्थानमा रक्तदान तथा अन्तक्रिया गरि मनाइएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
