27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 06:33

TRENDING .

विपन्नका लागि सेलर्डको कानुनी शिविर सम्पन्न

- Advertisement -

भदौ २३ । युके एड र सर्च फर कमन ग्राउण्डको सहयोगमा सेलर्डले नवलपरासीमा सञ्चालन गरेको पहुँच परियोजना अन्र्तगत प्रतापपुर गाविसमा आज कानुनी शिविर सम्पन्न भएको छ । सेलर्ड नवलपरासीको आयोजना र प्रतापपुर सामुदायिक मेलमिलाप केन्द्रको समन्वयमा शिविर आयोजना गरिएको हो ।  शिविरको एक कार्यक्रमकाबीच प्रतापपुर गाविसका सचिव देशकान्त बस्यालले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले गाउँका मानिसहरु जो सदरमुकामसम्म पुगेर सेवा लिन सक्दैनन उनीहरुका लागि यो शिविर फलदायि भएको बताउनुभयो । शिविरमा ५७ जनाले घरेलु हिंसा, लेनदेन, अंशवण्डा, बिहेवारी, सम्बन्ध विच्छेद, स्त्रीधन, विवाह दर्ता, जन्म दर्ता, नागरिकता, जग्गासम्बन्धि समस्याहरु कानुन व्यवसायिहरु कृष्ण सिग्देल, डासिराम पाण्डे र सरस्वती शर्मा समक्ष राख्नुभएको थियो ।
पहुँच नपुगेका कारण लामोसमयदेखि समस्या लिएर बसेका र स्थानीयस्तरमा समाधान हुन नसकेका वा नसक्ने समस्यालाई निराकरण गर्नका लागि सम्बन्धित निकायसम्म जाने बाटो देखाउन शिविर आयोजना गरिएको सेलर्ड नवलपरासीका क्षेत्रीय संयोजक सिताराम अधिकारीले जानकारी दिनुभयो ।  यसअघि मध्यविन्दु नगरपालिका र दुम्किबास गाविसमा शिविर सम्पन्न भइसेकेको छ भने भोलि कावासोती नगरपालिकामा शिविर आयोजना गरिएको अधिकारीले बताउनुभयो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्