परदेश हिंडेका युवा कहिले घर आँगनमा टेक्लान ? ६ महिना, एक वर्ष वा दुई वर्ष यस्तै ! तपाईं हाम्रो जबाफ यस्तै हुनु स्वभाविक हो । तर रुपन्देहीका एक युवा युएई आएको १४ दिनमै घर फर्किएका छन । उनी बिदेशिदा बोकेका सपना पुरा गरेर भने फर्किएका होइनन । ‘सपना आकासमा,शव बाकसमा घरको आगनमा’ आएपछि अहिले रुपन्देहीको ढेकावार २ केरवानी ६ नम्बर चौराह चोक पुरै शोकमा डुबेको छ ।
पर्यटक भिसामा युएई आएका रुपन्देही केरवानीका दिपेश सुनारको यहाँ आएको ४ दिनमै ज्यान गएको थियो । उनको भदौ १०(२६ अगस्ट) शुक्रबार बिहान हृदयघातका कारण ज्यान गएको थियो ।
कामका लागि यस् अघी झन्डै २ बर्ष रसिया बसेर ४ महिना पहिले बुवाको निधन भएका कारण उताको काम छोडेर २४ बर्षिय सुनार नेपाल फर्किएका थिए । । नेपाल बसेर बाबुको काजकीरिया सकेर दुबईमै कार्यरत आफ्नै बाल्यकालको साथी हेम गुरुङको केही आर्थिक सहयोगमा एक लाख नेपाली रुपैया खर्चेर भिजिट भिसा (पर्यटकिय)मा उहा भदौ ७ (अगस्ट २३) दुबइ आएका थिए । आँफैले रोजेको भने जस्तो काम गर्ने र परिवारको गर्जो टार्ने सपना उनी यहाँ आएको ४ रातमै टुट्यौ ।
साढे ३ महिनाको गर्भवती श्रीमती , आमा र एक छोरा छोडेर परदेशिएका उहाको ज्यान गए सँगै परिवारको विचल्ली भएको छ । कमाएर ल्याउने घरको एउटा छोरा त्यो पनि परदेश गएको ४ दिनमा ज्यान गुमाएपछि परिवारको विचल्ली भएको स्थानिय सन्चारकर्मी यम रानाले जानकारी दिए ।
१० दिनमा ३ लाख सहयोग जुटाएर शव नेपाल पठाइयो
पर्यटकिय भिसामा रहदा ज्यान गएकाले उनको शव नेपाल पुराउन जटिलता भएको थियो । उनको ज्यान गएको बारे बिभिन्न संचारमाध्यममा समाचार प्रकासन भएपछि युएईमा सहयोग स्वरुप रकम सकंलन अभियान चलाईेएको थियो । सुनारको शब नेपाल पुराउन दलित सन्जाल र विश्वकर्मा समाज युएईले १० दिन लगाएर आर्थिक सहयोग जुटाएका हुन ।
अहिले सम्मा दलित सन्जालले ९ हजार ६ सय २ धिराम्स सकंलन गरिसकेको छ । र सोही रकम प्रयोग गरेर उनीहरुले सुनारको शब नेपाल पठाएको सन्जालका अध्यक्ष बिनोद गोतामे विश्वकर्माले जानकारी दिए । सुनारको शव नेपाल पठाउन कार्गो खर्च बापत ४२ सय युएई धिराम्स र शब सँगै युएईमा कार्यरत दिपेशका काका धनबहादुर सुनारको टिकटखर्च र एयरलाइन्सले शब लैजादा लिने अतिरित्त खर्च ३ हजार ३ सय ३० युएई धिराम्स र पोस्ट्मार्टम देखी अन्य सबै अस्पतालको खर्च १ हजार ५ सय गरेर ९ हजार ३० धिराम्श अर्थात झन्डै ३ लाख नेपाली रुपैया खर्च लागेको सञ्जालका अध्यक्ष विश्वकर्माले बताए ।
विश्वकर्मा समाज युएईले पनि सुनारको शब नेपाल पठाउन आर्थिक सकंलन गरिरहेको जनाएको छ । हालसम्म समाजले सकंलन गरेको रकम सार्वजनिक भएको छैन । समाजले सकंलन गरेको रकम अब सुनारका बालबालिकाको लागि राहतस्वरुप प्रदान गर्न चाहेको सो सहयोग जुटाउन आबुधाबीमा सकृयता देखाएका सञ्जालका छवीलाल बिश्वकर्मा तथा चुडामनी विश्वकर्माले बताए । शव नेपाल पठाउन सहयोग गर्ने दलित सन्जाल , विश्वकर्मा समाज, पत्रकार तथा नेपाली दुतावास आबुधाबीले गरेको सहयोग अनुकरणिय रहेको मृतकका मामा शंकर शर्माले बताए ।