प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरेका छन् ।
प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलाई पहिलो किस्ता दिने कामले तीव्रता पाएको बताए । आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४०
हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको तर, यसमा समेत सन्तुष्ट नभएको बताए ।
४५ दिनभित्र पहिलो किस्ता दिने आफ्नो निर्णय रहेको भन्दै उनले यसमा ढिलासुस्ती मान्य नहुने बताए ।
==================
प्रचण्डले राजजीतिक सहमतिकै आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् । प्रधानमन्त्री प्रमुख दलहरुबीच बुधबारमात्र स्थानीय तहबारे तीन दिनभित्र सहमति खोज्ने समझदारी भएको थियो । स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले ५६५ स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । तर, यसबारे प्रमुख दलहरुबीच साझा धारणा बन्न सकेको छैन । साथै चुनावका लागि वातावरण बनाउन सबै दललाई आहृवान गरे । उनले भने, राजनीतिक लाभ-हानी नहेरी चुनावको वातावरण बनाउन म सबैलाई आहृवान गर्छु ।’
======================