8.1 C
Kathmandu
Flowers in Chania

चोर र प्रहरी बीच गोली हानाहान्

- Advertisement -

काठमाडौं: प्रहरी र चोरबीच थानकोट माथिको चिहानडाँडा जंगलमा गोली हानाहान भएको छ । ना १ ज ३९४८ नम्बरको ‘टाटासुमो गोल्ड’ गाडीमा आएका चार जनाले प्रहरीमाथि दुई राउण्ड फायर गरेपछि प्रहरीले जवाफी दुई राउण्ड फायर गरेको थियो । गाडीमा शंकास्पद समान ल्याएको आशंकामा प्रहरीले चेकजाँच गरेको थियो । प्रहरी देखेपछि चोरहरु जंगलतिर भागेका थिए ।  गाडी भित्र दुई चौडाई र साढे एक फिट उचाईको पैसा राख्ने ‘सेफ’ फेला पारेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी पद्युम्न कार्कीका अनुसार चोरले गोली फायर गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको हो । कार्कीले भने–’अहिलेसम्म कोही हताहत भएको खबर आएको छैन । फरार चोरको खोजीका लागि चिहान डाँडा र चन्खद्रागिरी जंगलमा प्रहरी परिचालन गरिएको छ ।’

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्