8.1 C
Kathmandu
Flowers in Chania

लेखनाथमा पहिरो, चार बालबालिकाको मृत्यु

- Advertisement -

२३ भदौ ।  बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका रहेका छन् । राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुने सलमान आमासँग मामा घर आएका बेला पहिरोमा पुरिएर ज्यान गएको हो । उनी बुधबार मात्रै आमा अर्पणासँग मामा घर गएका थिए । हेटौंडा घर भई पोखरामा बस्दै आएकी अर्पणा छोरालाई लिएर माइती गएको बेला उनलाई बज्रपात परेको हो । पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीय छोरी कविता सुनार र १० वर्षीया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरीले स्थानियको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्