8.1 C
Kathmandu
Flowers in Chania

क्याम्पसका अध्यक्ष जुवाखालबाट समातिए

- Advertisement -

अर्जुन गिरी पोखरा,भदौ २२  ।

पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णु बास्तोला जुवा खेल्दा खेल्दै पक्राउ परेका छन् । हेम्जामा मंगलबार दिउँसो कौडा खेल्दा खेल्दै पक्राउ गरेर उनलाई वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।cropped-Logo-Hulaki.jpg

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष र नेपाली कांग्रेस कास्कीका पूर्व उपाध्यक्ष बास्तोलासहित जुवाखालबाट ८ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ४ लाख १० हजार रुपैयाँ नियन्त्रणमा लिएको छ ।

हेम्जा फेदीस्थित मनहरि भण्डारीले सञ्चालन गरेको भण्डारी रेस्टुरेन्ट एन्ड खाजा घरमा उनीहरुलाई कौडा खेल्दाखेल्दै वडा प्रहरी कार्यालय बगरका इन्स्पेक्टर मोहनबहादुर खाँण नेतृत्व टिमले समातेको थियो । उनीहरुको साथबाट १६ थान कौडा पनि प्रहरीले बरामद गरेको छ ।

बास्तोलासहित रेस्टुरेन्ट सञ्चालक मनहरि भण्डारी, पोखरा—९ नयाँबजार ४० वर्षे महेन्द्र रानामगर, पोखरा—९ चिप्लेढुंगाका ४२ वर्षे नवराज थपलिया, पोखरा—३ नदीपुरका ६६ वर्षे चिरञ्जीवी गुरुङ, नदीपुरकै ४४ वर्षे कमल सापकोटा, चाउथेका ४५ वर्षे नारायण श्रेष्ठ र गुल्मी माझकोट—६ घर भई हाल पोखरा—२ मोहोरिया टोल बस्ने वर्ष ४० का गोपाल पन्थी पक्राउ परेका छन् ।

पक्राउ परेलगत्तै बास्तोलाले आफूलाई छुटाउन सोर्सफोर्स लगाएको प्रहरी स्रोतले बतायो । बास्तोला यसअघि पनि पटकपटक विवादमा आउने गरेका व्यक्ति हुन् । बास्तोलालाई त्रिभुवन विश्वविद्यालयले भदौको दोस्रो सातामात्रै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको थियो ।

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्