8.1 C
Kathmandu
Flowers in Chania

विश्वकप छनौटमा बेल्जियमको उत्कृष्ट प्रदर्सन

- Advertisement -

रोमेलु लुकाकुले दुई गोल गरेपछि साइप्रसलाई पराजित गर्दै बेल्जियमले सन् २०१८मा हुने विश्वकप फुटबलको छनौट चरणको सुखद सुरुवात गरेको छ । नवनियुक्त प्रशिक्षक रोबर्टो मार्टिनेजको प्रशिक्षणमा पहिलो खेल खेलेको बेल्जियमले साइप्रसमाथि उसकै मैदानमा ३-० को जित निकालेको हो । यान्निक कारास्कोले बेल्जियमका लागि तेस्रो गोल गरेका थिए । बेल्जियम छनौट चरणमा समूह एचको दावेदार टोली हो । युरो २०१६ को क्वाटरफाइनलबाटै बाहिरिएपछि बेल्जियमले प्रशिक्षक परिवर्तन गर्दै रोबर्टो मार्टिनेजलाई भित्र्याएको थियो । मार्टिनेजको प्रशिक्षणमा एभर्टनबाट खेलिसकेका लुकाकुले खेलको १३ औं मिनेटमै हेडरमार्फत गोल गरेका थिए । थोमस मुनिरको प्रहार क्रसबारमा लागेर फर्किएपछि पाएको अवसरमा लुकाकु सफल भएका थिए । दोस्रो गोल ६१औं मिनेटमा संभव भएको थियो । जहाँ कारास्कोले प्रहार गरेको बल साइप्रसका गोलरक्षकले समाउन लाग्दा गल्तीले हावामा उडेको मौका छोपेर लुकाकुले हेडरमार्फत गोल गरे । त्यसको २० मिनेटपछि बेल्जियमका लागि तेस्रो गोल कारास्कोले गरे । इडेन हाजार्डको पासमा त्यस गोल संभव भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्