कावासोती २२ जेठ । नवलपरासीको कावासोती बस्ने समाजसेवी सरस्वती तिमिल्सिनाले दरखाने खर्च जोगाएर यस पटक नवलपरासीको कावासोती १४ मा रहेको बृद्धाश्रमलाई प्रदान गर्नुभएको छ । उहाले बृद्धाश्रमका प्रतिनिधि कुल प्रसाद भुषाललाई रु ५१ हजार रकम हस्तान्तरण गर्नुभएको हो । सामुदायिक रेडियो मध्यविन्दु एफएमले आयोजना गरेको मध्यविन्दु तिज महोत्सवको अबसरमा पुर्व मन्त्री चित्रलेखा यादव समेतको उपस्थितीमा तिमिल्सिनाले सो रकम हस्तान्तरण गर्नुभएको थियो । विगतका बर्षहरुमा दिदि बहिनी जम्मा भएर रमाईलो गथ्यौं , तर यो पटक त्यो खर्च कटाएर बृद्धाश्रमलाई दिएको हु तिमिल्सिनाले भन्नुभयो । उहाले तिजमा हुने अनाबश्यक तडक भडक लाई कम गर्दे त्यस्ता खर्च जोगाएर आगामी दिनमा समाजसेवामा समर्पण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तिम्सििना नेपाल महिला संघ नवलपरासीकी सचिव हुन् ।