8.1 C
Kathmandu
Flowers in Chania

बेलायतमा द्वन्द्वकालीन मुद्दा खेपिरहेका कर्णेल कुमार लामाले यसरी पाए सफाइ

- Advertisement -

साढे तीन वर्षअघि बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी एवं कर्णेल कुमार लामाले सफाई पाएका छन् । सशस्त्र द्वन्द्वको समयमा नेपालमा थुनामा रहेका दुई नागरिकलाई यातना दिएको अभियोगमा उनी प्रकाउ परेका थिए ।

लण्डनको ओल्ड बेली केन्द्रिय फौजदारी अदालतले लामाविरुद्धको मुद्दाबारे गएको जेठ २४ गतेkumarबाट सुनुवाई प्रारम्भ गरेको थियो । फौजदारी अदालतले लामा दोषी रहेको प्रमाण नभेटिएको भन्दै सफाई दिएको हो । फैसलापछि लामाले संचारकर्मीसंग न्यायको जित भएको बताए ।उनीविरुद्धको एउटा मुद्दा साउनमा फैसला भएको थियो । दोस्रो मुद्दाको फैसला कुरिरहेका लामाले सफाई पाएपछि उनलाई नेपाल आउने बाटो पनि खुलेको छ ।

दुई मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले यसअघि नै सुनाएपछि उनी नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको पर्खाइका बसेका थिए । मंगलवार ओल्ड बेली केन्द्रीय फौजदारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्यीय जुरीले लामालाई दुवै आरोपबाट सफाई दिने फैसला सुनायो ।

जुरीको सो निर्णयपछि लामाको मुद्दा पुनः सुनुवाई हुने भनि यसअघि भएको निर्णय पनि खारेज भएको छ । कर्णेल लामाविरुद्ध झण्डै एघार वर्षअघि सशस्त्र द्वन्द्वका क्रममा कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुईजना नागरिकलाई यातना दिएको अभियोग थियो । गोरुसिंगेका जनकबहादुर राउत र करिम मियाँलाई चरम यातना दिएको आरोपमा ‘युनिभर्सल जुरिस्डिक्सन’ अन्तर्गत उनी बेलायतमा पक्राउ परेका थिए ।

लामा दक्षिण सुडानस्थित संयु्क्त राष्ट्र संघको शान्तिस्थापक नियोगमा कार्यरत थिए । उनी छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्ना परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा ब्रिटिश प्रहरीको फन्दामा परे । करिब ढाई महिना पछि लामा धरौटीमा रिहा भएपनि घर आउने अवस्था बनिसकेका थिएन ।

पक्राउ परेकापछि रिहाइका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहल गरेको थियो । यद्यपि, त्यो पहल खेर गयो । आफुलाई चरम यातना दिएको भन्दै मियाँ र राउतले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । लामाले आरोप अस्वीकार गर्दै आएका थिए ।

बेलायतले संयुक्त राष्ट्र संघ यातनाविरुद्धको महासन्धि अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्राधिकार जिकिर गर्दै लामालाई पक्राउ गरेको थियो । लामामाथि बेलायती क्रिमिनल जस्टिस एक्ट १९८८, १३४ ९१० अन्तर्गत मुद्दा चलाइएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्