विराटनगरमा एक युवकको विभत्स हत्या भएको छ । विराटनगर–१३ शान्तिचोकस्थित ओमकार श्रेष्ठको घरमा भाडामा बस्दै अाएका विनाेद यादवकाे हत्या भएकाे प्रारम्भीक अनुसन्धानबाट पुष्टि भएकाे मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बताए ।प्रहरीका अनुसार यादवको शरीर टुक्रा–टुक्रा पारेको अवस्थामा फेला परेको छ । मृतकको टाउको र घुँडाभन्दा मुनिको भाग विभत्स अवस्थामा बोरामा तथा घाँटीदेखि तल र घुडाँदेखि माथिको भाग डस्नामा पोको पारेर रोखिएको अवस्थामा राखिएको अवस्थामा प्रहरीले फेला परेको हो ।शवको पोष्टमार्टमकालागि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।श्रेष्ठको घरमा भदौ १५ गतेदेखि उनसँगै सिरहाका राकेशकुमार यादव, सरोज यादव र कृष्ण यादव, सप्तरीका जितेन्द्र साह र मनोजकुमार साह भाडामा बस्दै आएका थिए । १३ वर्षीय मनाेज बाहेक अरु सबै फरार रहेकाे र खाेजी कार्य जारी रहेकाे प्रहरी उपरीक्षक भण्डारीले बताए । घरबेटी ओमकार केही दिन अघि धनकुटा गएको उनकी बहिनी भावना श्रेष्ठले बताइन् ।