भदौ २१ । हुलाकी टिम । नेविसंघ नवलपरासीको बिवाद चुलीएको छ । जिल्ला अध्यक्ष राजेश पौडेलले जिल्ला कार्यसमिती पुर्नगठन गरेको २४ घण्टा नपुग्दै असन्तुष्ट समुहले पत्रकार सम्मेलन गरेर पुर्नगठन अवैधानिक भएको भन्दै खारेज गर्न माग गरेको छ । जिल्ला उपाध्यक्ष अनन्त कण्डेल , सचिव अविनास रेग्मी , कोषाध्यक्ष लक्ष्मण रिजाल , क्षेत्र नम्बर १ का नेविसंघ सभापती सागर बस्ताकोटी , २ नम्बर क्षेत्रीय उपाध्यक्ष विनोद राना मगर , ३ का सन्देश वस्याल र क्षेत्र नम्बर ५ का नेविसंघ क्षेत्रीय सभापती शिव कुमार गुप्ता द्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा पुर्नगठन खारेज गर्न माग गरीएको छ । साथै २४ भण्टा भित्र पुर्नगठन खारेज नगरे समानान्तर समिती गठन गर्ने समेत चेतावनी दिईएको छ । यसअघि हिजो साझं नेविसंघ नवलपरासीले रिक्त रहेको पदाधिकारी र जिल्ला सदस्य सहित २४ जना मनोनीत गरीएको थियो ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
