२१ भदौ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् ।दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् ।मिर्गौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराईरहेका खड्काले गएराति बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हामफालेका थिए ।गम्भीर घाइते बनेका खड्काको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।