8.1 C
Kathmandu
Flowers in Chania

ऋषिपञ्चमी, पूजाआजा गरी मनाइदै

- Advertisement -

tij२१ भदौ  : आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषिपञ्चमी, सप्तर्षिको पूजाआजा गरी मनाइदैछ ।आजको दिनमा हिन्दू नारीहरुले बिहानै उठेर नजिकको नदी, खोला, ताल, वा पोखरीमा गई ३६५ दतिवनले दाँत माझेर, गाईको गोबर, माटो, तील लगाई स्नान गर्ने र चोखो लुगा लगाई मध्यान्हमा अरून्धतीसहित सप्तर्षिको पोडशोपचार विधीले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिने गर्छन् ।यसरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख पर्व तीज सकिन्छ ।ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन। सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरीएको छ ।ऋषिपूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको ब्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्