भदौ-२०, चितवन नेपाल तरुण दल चितवनको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा राजन ताम्राकार विजयी हुनुभएको छ । केहीबेर अघि सकिएको मतगणना अनुसार ताम्राकार अध्यक्षमा विजयी हुनुभएको हो । उहाँले निकटम प्रतिद्धन्द्धी विनु रायमाझी पौडेललाई ८ मत अन्तरले पराजित गर्दै तरुण दल चितवनको अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले कुल १३३ मत प्राप्त गर्नुभयो । यस्तै निकटम प्रतिद्धन्द्धी विनुले (१२५), दीपक अधिकारीले (५७) र आनन्द राउतले (४०) मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा पनि ताम्राकार प्यानलकै निरन्जन सुवेदी, सचिबमा प्रलाद उप्रेती र कोषाध्यक्षमा भीष्म अधिकारी विजयी हुनु भएको छ । नतिजासंगै चितवनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षधरले तरुण दलमा कब्जा जमाएको छ ।नारायणगढस्थित उद्योग वाणिज्य संघ चितवनको परिसरमा आज भएको निर्वाचनमा कुल ३७० मत खसेको थियो । मतदानका लागि कुल ३८२ जनाको नामावली प्रकाशन भएको थियो ।[ad id=”8142″]