राजविराज । कुख्यात सिरियल किलर भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रईस मियाँलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीमा चार र सुनसरीका तीन जनाको हत्याका आरोपी उनलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा आईतवार त्रिभुबन बिमानस्थलवाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।
अभियुक्त मियाँ माथि सप्तरीका चार व्यक्तिसँग मोटो रकम लुटी हत्या गरेर खाल्डोमा पुरेको आरोप रहेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरीले बताएको छ ।
पक्राउ परेका मियाँ उपर २०६९ असोज १० गते सप्तरीको कल्याणपुरका सहबुँद मियाँ र बुहारी सगिरा खातुनसँग रु. दुई लाख ७६ हजार लुटेर हत्या गरी खाल्डोमा पुरिएको आरोप छ । यस्तै मिति २०७० मंसिरमा जण्डौल गाविस–६ बस्ने दुलारीदेवी साहसँग रु. छ लाख, र मिति २०७० चैत १ गते त्रिकौल गाविस–५ बस्ने निर्मलादेवी साहसँग रु.तीन लाख लुटेर हत्या गरी खाल्डोमा पुरिएको आरोप छ ।
२०७२ जेठ ६ गते सबुद मियाँ, २०७२ असार ४ गते सगिरा खातुन, २०७२ बैशाख २७ गते दुलारीदेवी साहलाई गाडिएको स्थानमा प्रहरीले उत्खनन गरी मानव कंकाल फेला पारिएको बताएको छ । मानव कंकालको डिएन परीक्षण पछि मृतकको पहिचान भएको बताएको छ ।
यस घटनामा संलग्न मुख्य आरोपति सकिल मियाँ दुई वर्षदेखि साउदीमा रहेको पत्रकार सम्मेलनमा बताउँदै प्रहरी प्रवक्ता दानबहादुर कार्कीले घटनामा संलग्न आरोपितहरु मध्ये अलाउद्धिन, हजरुन खातुन, नसरुल मियाँ पक्राउ परी पूर्पक्षका लागि कारागारमा रहेका छन ।