भदौ २०। क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ ।प्रतिबन्ध हटाउन क्रिकेट संको विवाद समाधान गर्न क्यान विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड समेत गठन गरिने भएको छ ।आइसीसीका पदाधिकारीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वकोे टोलीले आइतबार प्रधानमन्त्री दाहाल, युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली, राखेपका सदस्यसचिव केशवकुमार विष्ट लगायतसँग छलफल गरेको थियो । पछिल्लो समय क्यानमा देखिएको विवाद समाधानका लागि आइसीसीको टोली शनिबार नेपाली आएको थियो ।