27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:08

TRENDING .

नवलपरासीका १ दर्जन बढी सरकारी कार्यालयको विधुत लाइन काटीयो (कुन कुन कार्यालय अन्धकारमा नाम सहित)

- Advertisement -

भदौ २० । खगराज सापकोटा  । विद्युत प्राधिकरण कावासोती नवलपरासीले १ दर्जन बढी सरकारी कार्यालयको विद्युत लाईन काटेको छ । लामो समय सम्म विद्युत बक्यौता नतिरेपछी कार्यालयले विद्युत लाईन काटेको हो । विद्युत प्राधिकरण कावासोती उमेश प्रसाद यादबका अनुसार लामो समय बक्यौता नतिरेको स्वास्थ्य र वन मन्त्रालय अन्र्तगतका कार्यालयमा विद्युत लाईन काटेको बताउनुभयो । लाईन काटीने कार्यालयमा रजहर उपस्वास्थय चौकी , पितौजि हेल्थ पोष्ट , प्राथमीक स्वास्थ्य केन्द्र चोरमारा , ईलाका वन कार्यालय नयां बेलहानी , तमासपुर रेन्ज पोष्ट लगाएतका रहेका छन् । नवलपरासीमा सरकारी कार्यालय बाट मात्रै करिब १ करोड रुपैया विद्युत बक्यौता उठ्न बाकी रहेको छ । विद्युत महसुल समयमा नर्तिनेमा अधिकासं सरकारी कार्यालयनै रहेका छन् । स्वास्थ्य क्षेत्रमा ७० लाख र वन कार्यालयहरु वाट ७ लाख र अन्य कार्यालयहरु बाट करिब २० लाख रुपैया उठ्न बाँकी रहेको छ । सर्वसाधारणले ६० दिन भित्रमा महसुल नतिरे विद्युत मिटरनै झिकेर ल्याउने विद्युत कार्यालयले सरकारी कार्यालय लाई भने कारवार्हीको दायरामा ल्याउन नसकेको गुनासो आएपछी कार्यालयले लाईन काटेको हो ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्