27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 12:40

TRENDING .

नवलपरासी जिल्ला मानव वेचविखनकालागी ओसार पसार गर्ने थलोका रुपमा परिणत हुदै गैरहेकोमा चिन्ता

- Advertisement -

ज्ञानु पंगेनी।  २० भदौ।मानव वेचविखन तथा ओसार पसार विरुद्धको दशौ राष्ट्रिय दिवस सोमवार नवलपरासीमा पनी मनाईएको छ ।
मानव वेचविखन तथा ओसार पसार विरुद्धको जिल्ला समिती नवलपरासी र महिला तथा बालबालिका कार्यालय नवलपरासीको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा सदरमुकाम परासीमा प्रभातफेरीको आयोजना गरि दिवस मनाईएको हो ।क्रियाशिल पत्रकार महिला नवलपरासी ,  माईती नेपाल , सेलर्ड , सुरक्षित आप्रवासन सुचना तथा परामर्श  केन्द्र , साना हातहरु नेपाल लगायतका संस्थाहरुको सहकार्यमा  परासीको बुद्धचोकबाट निस्केको प्रभातफेरी विद्युत् कार्यालय पुगेर पुन ः बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मानव वेचविखनको विरुद्ध सरोकार राख्ने सरकारी र गैरसरकारी संघसंस्थाहरु मिलेर हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताएका छन ।उनले दिवसको एकदिन मात्रै कार्यक्रम गरेर भन्दा पनी  सरोकार राख्ने सबै मिलेर वर्षैभरी जनचेतना मुलक कामहरु गर्नुपर्ने बताए । पछिल्लो समय मानिसलाई विभिन्न वाहानमा अन्य मुलुकमा पुर्याएर कामहरु लगाउनेक्रम बढेकोले यसलाई रोकथाम गरि सु संस्कृत समाज निर्माणकालागी ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका थिए ।यस्तै महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेलले अझैपनी विभिन्न प्रलोभन देखाएर मानव वेचविखन हुने गरेको र समयको परिवर्तन संगै नया नया तरिकाबाट मानव वेचविखनको  काम हुने गरेकोले सबैको सहकार्यमा मात्रै यसको रोकथाम गर्न सकिने बताईन । नवलपरासी जिल्ला भारतसंग सिमा जोडिएको जिल्ला भएकाले मानव वेचविखनकालागी ओसार पसार गर्ने थलोका रुपमा परिणत हुदै गैरहेकोमा  सहभागीले चिन्ता व्यक्त गरेका थिए ।जिल्लाको महेशपुर , त्रिवेणी , रामपुर खडौना , झुलनीपुर  भुजहवा लगायतका  सिमावर्ती क्षेत्रबाट महिला तथा बालबालिकाहरु भारत लगायत खाडी मुुलुकसम्म पुर्याउने बाटो बनेको माईती नेपाल बर्दघाटकी माया क्षेत्रीले बताईन । सिमामा रहेको  माईती नेपालको  आवधिक गृहका सिमा निगरानीकर्ताहरुले  दिनहुजसो महिला तथा बालबालिकाहरुलाई उद्धार गर्ने गरिएको उनको भनाई छ ।खासगरि जिल्लाका भित्री मधेशमा पर्ने गाविस र  ग्रामिण क्षेत्र एवम् देशका अन्य जिल्लाहरुबाट पनि दलालहरुले विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाने गरेको क्षेत्रीले बताईन ।खासगरि भारतका विभिन्न डान्स वारमा नृत्य गर्नका लागि  (आर्केष्टा ) को लागि बालबालिकाहरु जिल्लाको सिमावर्ती क्षेत्रबाट ओसार पसार हुने गरेको उनले जानकारी दिईन ।अनाथ, असाहाय , आमा नभएको तथा वावु नभएका , सौतेनी आमा भएका बालबालिकाहरुलाई फकाई फुकाई गरि दलालहरुले भारतमा लैजाने गरेको पाईएको उनले बताईन ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्