भदौ २० । कावासोती । हुलाकी टिम । नवलपरासीको मुख्य ब्यापारीक केन्द्र कावासोतीमा अधिकासं ब्यवसाय विना दर्ता सञ्चालन भएको पाईएको छ । ईलाका प्रसासन कार्यालयको अगुवाईमा आज भएको संयुक्त अनुगमनमा यस्तो पाईएको हो । चाडपर्वमा हुने कालोवजारी नियन्त्रणका लागी आज नवलपुर क्षेत्रमा बजार अनुगमन गरिएको हो ।अनुगमनमा विशेषगरी मासु पसल तथा होटलमा सरसफाईमा बेवास्ता गर्ने गरेको र माशुको शुद्धतामा ध्यान नदिएको पाईएको छ । [wpdevart_youtube]bJLK75JbFMk[/wpdevart_youtube] ईलाका प्रशाशन कार्यालय कावासोतीका अधिकृत टिकाराम वाग्लेको नेतृत्वमा गरीएको अनुगमनमा अधिकासं पसलमा मुल्यसुची नटासेको , दर्ता नगरेको , कतिपय नविकरण नगरेको समेत पाईएको छ । अनुगमनका क्रममा कसैलाई पनी कारवार्ही नगरीएको र प्रथम पटक भन्दै छाडीएको छ । वर्षको २ पटक दशै र तिहारमा मात्र हुने यस्तो अनुगमनमा पनी दोषि लाई छुट दिदा कालोवजारी रोकीएको छैन् । उद्योग बाणीज्य संघ , बजार समिती , प्रहरी , पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।