भदौ-२०, नेपाल तरुण दल चितवनको चौथो जिल्ला अधिवेशन आज हुँदैछ । नयाँ नेतृत्वका लागि आज उद्घाटन सत्रमा नगई सिधै निर्वाचन प्रक्रिया सुरु हुँदैछ । नयाँ नेतृत्वका लागि लगभग तीन वटा प्यानल चुनावी प्रक्रियामा दौडिदै छ । काँग्रेस महाधिवेशनमा देखिएको तीन नेताको प्यानल तरुण दल चितवनमा पनि देखिदैछ । अध्यक्षका लागि युवा नेता राजन ताम्राकार, नेपाली काँग्रेसका जिल्ला सदस्य युवा नेता दीपक अधिकारी र तरुण दलका तत्कालिन अध्यक्ष शिव पौडेलको धर्मपत्नी भनेर परिचित युवा नेतृ बिनु रायमाझी पौडेल मैदानमा छन् ।[ad id=”8142″]
यी तिनै नेताहरुले आ–आफ्नो विजयी सुनिश्चित रहेको दावी गरेका छन् । यद्यपी मतपरिणाम आईसकेपछि नै कसको दावी मिल्ने हो त्यो देखिने छ । आईतबार साँझ पत्रकार सम्मेलन मार्फत ताम्राकारले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् । उनी प्यानलसहित नै मैदानमा उत्रिएका छन् । उनी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको प्यानलको नेतृत्व गरेका छन् । यस्तै अधिकारी भने पौडेल पक्षधर आफू रहेको बताएपनि कृष्ण सिटौलाको धारबाट अध्यक्षको मैदानमा उत्रिएको स्रोतको दावी छ । यस्तै नेतृ पौडेल भने काँग्रेस सभापति शेरबहादुर देउवा (संस्थापन) प्यानलबाट मैदानमा उत्रिएकी छिन् ।