24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

नवलपुर एफ एम १०४.७ मेगाहर्ज तेस्रो बर्षमा

- Advertisement -Flowers in Chania

सुचना शिक्षा र मनोरन्जन एकै साथ भन्ने उद्देश्यले नवलपरासीको नवलपुर क्षेत्रमा  २०७१ सालमा स्थापना भएको नवलपुर एफ एम १०४.७ मेगाहर्जले दास्रो बर्ष पार  गरेर तेस्रो बर्षमा   प्रवेश गरेको छ ।यसै गरि महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर स्थापना भएको थियो । आफनो तेस्रो गौरव शाली बार्षिक उत्सव नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर तथा तिजको दिन विविध कार्यक्रम शहित तिज गितमा नाच गान गरेर  निकै हर्ष उल्लासका साथ सम्पन्न गरेको छ । बार्षिक उत्सवको अवसरमा यस बर्ष देखि नवलपुर एफ एमले नवलपरासी कावासोती ८ घर भई लामो समय देखी संगीत साधना तथा संगितका गुरु  चण्डी प्रसाद काफ्ले र वरिष्ठ कवि साहित्यिक गोविन्दराज विनोदी लाई सम्मान गरेको हो ।संगितकार चण्डी प्रसाद काफ्ले  पर्वत जिल्लाको बेहुलीबास मा २०२७ साल असोज २ गते पिता नन्दलाल काफ्ले र माता नन्दी काफ्लेको कोखबाट काफ्लेको जन्म भयएको हो  । उहा सानौ देखि भजन प्रति रुचि राख्दै संगित क्षेत्रमा अगाडि बढि  उहा अहिले संगित क्षेत्रमा उत्कृष्ट संगितकार हुन सफल हुनुभएको छ । उहालाई  रेडियो नेपालबाट २०७० सालमा सर्वोत्कृष्ट संगीतकारको उपाधी, किरातेश्वर संगीत आश्रमबाट हरि प्रिया पद्य प्रिया यूवा पुरष्कार, शान्ति समाज द्वारा सर्वोकृष्ट गजल कम्पोजर एवार्ड लगायत थुप्रै सम्मानहरुबाट विभूषित हुनुभएको थियो । त्यस्तै उहाको जिवनि बाचन कार्यक्रममा गरिएको थियो । त्यस्तै गरि अर्का वरिष्ठ कवि साहित्यिक गोविन्दराज विनोदी पनि सम्मानित हुनुभएको छ ।उहाको कास्कीको रुपाकोटमा २०१० साल श्रावण २८ गते जन्मिनु भएको थियो  ।  उहाको जिवनिको श्रव्य सामाग्री प्रस्तुत गरिएको थियो ।  ।त्यस्तै गरि  वार्षिक रुपमा एक जना कर्मचारिलाई उत्कृष्ठ  कर्मचारीकारीकोरुपमा स्थापना काल देखिनै कार्यरत रहनुभएको उत्कृष्ट कर्मचारिमा ज्योति भटटराई  पनि सम्मानित गरिएको नवलपुर एफ एमका प्रबन्ध निर्देशक तिर्थराज भुसालले जनाकारि दिनुभयो ।यसैवीच  रेडियोको स्थापना कालदेखि नै  सहयोग गर्दै हाउनुभएको तीन जना सञ्चारकर्मी  रन्जना लम्साल, नविन पौडेल, र खगराज सापकोटा लाइ सम्मान गरिएको थियो ।त्यसैगरी रेडियो स्थापनादेखी व्यवसायीक सहकार्य गर्दै आएका दुई दर्जन भन्दा बढि व्यापारिक संघसस्थालाई सममान गरेको भुसालले बताउनुभयो ।यसै विचमा कार्यक्रहरुलाई सम्मानका लागि प्रयोग गरिने खादा प्रयोग नगरि त्यस्को मुल्यमा थप गर्दै  पिठौलिमा रहेको घोसरघाटलाई हयाण्ड माइक उपलब्ध गराउने निर्णय भएको भुसालले बताउनुभयो ।यसै गरि यस एफ एमले आफनो स्थापना काल देखी नै समाजको विविध कार्यक्रम तथा समुदायमा लुकेर रहेका विभिन्न क्षेत्रलाई समेटदै आएको नवलपुर एम.एमका प्रबन्ध निर्देशक तिर्थराज भुसालले जानकारी दिनु भयो। भुसालका अनुसार बार्षिक उत्सवको अवसर पारेर जसले वढी नाच्छ उस्ले पुरस्कार जित्छ भन्ने फरक  उद्देश्यका साथ महिला दिदि वहिनीहरुकालागी मनोरञ्जनात्मक  कार्यक्रम गरेको थियो । कार्यक्रममा बच्चा देखि जेष्ठ नागरीक  सम्मकालाई पुरस्कारको व्यवस्था गरि सबै भन्दा धेरै नाच्ने शहभागीहरुलाई टि भी, साईकल, ५ थान एन्ड्रोइड मोबाईल, घडी,राईस कुकर,लगाएत २०० भन्दा भढी आर्कषक उपहार प्रदान  गरिएको उहाँले जानकारी दिनु भयो । कार्यक्रमलाई सहकार्य गर्ने सम्पुर्ण संघसस्थालाई धन्यबाद भुसालले दिनुभयो । एफ एमको बार्षिक उत्सबको उदघाटन कार्यक्रममा  कोलेनिका शाखा जिल्ला प्रमुख महेन्द्र प्रसाद भण्डारीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै  छोटो  समय कालमा नै समामजमा निकै राम्रो काम गर्दै आएको र यस एफ एफले आगामी दिनहरुमा पनी प्रगती गर्दै जाउन भन्दै उहाले शुभकामना दिनुभयो।नवलपुर एफ एमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला प्रतिनिधिका रुपमा रहनु भएका क्षेत्र न.२का सभापति दुर्गा वहादुर राना,ने,एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहा, माओबादि केन्द्रका केन्द्रिय सदस्य चेतनाथ पोख्रेल ,  नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुली तिवारी, सचिव सरस्वती तिमल्सीना, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष पद्मा जि.सी, महिला नेतृ देवी सरा पुलामी, विन्दु केसी , लिला मास्के राना , क्रियाशिल महिला पत्रकार नवलपरासीका  उपाध्यक्ष ज्ञानु पंगेनी लागायत ले शुभाकामाना मन्तव्य दिनु भएको थियो । त्यसैगरी कार्यक्रममा संघ सस्थाको तर्फवाट कावासोती खानेपानी तथा सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष विण्णु भुसाल, नेपाल पव्लिक क्याम्पस संघका केन्द्रिय कोषाध्यक्ष झपेन्द्रश्वर भुसाल, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रसाद पौडेल लगायतले रेडियोले समाज परिवर्तनमा खेलेको भुमिकाको चर्चा गर्नु भएको थियो कार्यक्रममा नेपाल रेडक्र सोसाइटी उपशाखा कावसोतीका सभापति योग प्रसाद रिजाल, नगरस्तरीय राजनीतिक दिलका प्रतिनिधि इलाका प्रहरी कार्यलयका प्रमुख राजेश थापा लगायायतको उपस्थिति रहेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्