भाद्र १९, अनिल ढकाल । गायक, सङ्गीतकार तथा गजलकार सत्यराज आचार्यले आफ्नो महत्वाकांक्षी एकल गजल एल्बम ‘मधुशाला’ बाट यतिबेला चर्चामा छन । आफ्नो एल्बमलाई चर्चामा उनले ल्याउन विभिन्न तरिका अपनाएका छन । यसअघि दुई वटा म्यूजिक भिडियोबाट उनको एल्बमले राम्रै चर्चा पायो । मधुशालाले राम्रो सफलता दिलायो सत्यराजलाई । अहिले उनले मधुशालाको गजल ‘आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें’ को म्यूजिक भिडियो सार्वजनिक गर्ने भएका छन । भाद्र २० गते आफ्नो छोराको जन्मदीनको अवसरमा सो म्युजिक भिडियो उपहारको रुपमा सार्वजनिक गर्न लागेका हुन । छोरा सङ्गीतराज आचार्यको दोस्रो जन्मदिनको अवसर पारेर सम्पूर्ण टेलिभिजन, अनलाईन,फेसबुक र यु ट्युबबाट वल्र्ड प्रिमियर गर्दैछन् । भिडियो बेलायतको लण्डन र स्कटल्याण्डका दृष्य तयार लिईएको छ । स्कटल्याण्डमा रहेका दिपेश रेग्मीले म्युजिक भिडियोको निर्देशन,छायाङ्कन र सम्पादन गरेका हुन । सत्यराज सहित निश्चल कार्की र प्रिथा भण्डारीले अभिनय गरेका छन् । गजल इतिहासमै पहिलो पटक एकल श्रष्टा सत्यराज आचार्यद्धारा लेखन,सङ्गीत र गायन गरिएको ऐतिहासिक गजल एल्बम मधुशालाबाट यस अघि दुईवटा गजलहरु ’काली’ र ’मधुशाला’ सार्वजनिक भई सकेका छन् । श्रोता दर्शकको मन मष्तिस्कमा डेरा जमाई सकेका छन् । पछिल्लो म्युजिक भिडियोले पनि राम्रै सफलता पाउने आशा ब्यक्त गरेका छन