भदौ-१९, आफ्नो ५४ औँ स्थापना दिवस का अवसरमा नेपाल रेडक्रस सोसाईटीले देशैभर विभिन्न कार्यक्रम गरी रेडक्रस दिवस मनाएको छ । आज सचेतना तथा सामाजिक कार्यमा संलग्न हुँदै यो दिवस मनाईएको हो । यसै सन्दर्भमा नवलपरासीमा रहेको नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाको आयोजनामा विभिन्न अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रमको आयोजना गरियो । कावासोतीमा रहेको मध्यविन्दु, ईन्ट्रिगेडेण्ट, कालीगण्डकी र नवलपुर अस्पतालमा रहेका विरामीहरुलाई फलफूल र जुस वितरण गरिएको छ । ३० जना विरामीहरुलाई दिवसको अवसरमा फलफूल प्रदान गरिएको हो । अस्पतालमा उपचार गराईरहेका विरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल प्रदान गरिएको उपशाखा सभापति योग प्रसाद रिजालले जानकारी दिए । फलफूल वितरण कार्यक्रममा उपशाखाका कार्य समितिका पदाधिकारी, रेडक्रसकर्मी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।