27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 01:28

TRENDING .

प्रेम, सद्भाव बोक्ने एउटा रमाइलो चाड हरितालिका तिज

- Advertisement -

received_1059120364206463    प्रत्येक बर्ष भाद्र शुक्ल द्धितियाका दिन दर खाने र तृतीयाको दिन निराहार बस्ने नारीको मुख्य चाड तिज आफुमानै नाचगान , प्रेम, सद्भाव बोक्ने एउटा रमाइलो चाड हो, हरेक नेपाली नारीको  मनका इच्छा आकङ्छा पुरा गरिदिने चाड हो तिज । महिलाहरुले पुरुषलाइ र जन्मघरलाइ गर्ने माया र सर्मपणको जिवन्त कथा हो तिज । अविवाहित नारीले मन परेको मायालाइ माग्ने अनि विवाहितले उसको पतिको लामो आयु होस भनेर दिनभर पानि पनि नखाइ ब्रत बस्ने यो दिनले हरेक चेलिको ओठमा खुशि थपिदिन्छ । विवाह गरेर अरुको घरमा पठाइएका छोरिलाइ एकदमै महत्वका साथ तिजमा लिन जादा चेलि र माइतिको सम्बन्धलाइ अझ प्रगाढ बनाइदिन्छ, फलस्वरुप हिजका ति दिनले आज हरेक घरमा छोरीको जन्मलाइ हासिखुशि स्वागत गरिन्छ । वर्ष दिनमा मनाइने यो चाड दर खाने दिनबाट सुरु भएर पंचमिका दिन अन्त्य हुन्छ । आमाको हातबाट पकाएको खाजा खिर, नाचगान र हर्षउल्लासले हरेक नारीको बर्षभरिको पिर ब्यथा हटाइदिने काम गरेको हुन्छ, त्यसैले गर्दा आमा नहुनेहरु भावहिल हुदै आमाको सम्झनामा आमालाइ सर्मपित गर्दे तिज गित गाउछन । दर खाने दिन पेटभरि खाएर, आप्ननाे परिस्थितिलाइ  गितको माध्यमबाट गाएर व्यक्त गर्दछन ।  विवाहित महिलाहरु तिजको दिन भने पानि पनि नखाइ श्रीमानको सु– स्वास्थ्य, दिर्घायुको कामना गर्छन भने अविवाहित हरु आफुले रोजेको वर पाउन शिवलाइ पुकार्दै ब्रत बस्छन । रातो सारीमा सजिएर तिज मनाउने महिला दिदि बहिनिले भदौको महिनालाइनै रङ्गाइदिन्छन । त्यसैगरि भाद्र महिनामा गरिने पंचमि पुजा पनि नेपालि महिलाले विधि पुर्वक  शास्त्रअनुसार गर्नुपर्ने पाइन्छ  १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुनसक्छ । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पंचमीका दिन ३६५ दिन बराबरको ३६५ वटा दतिवन टोकि विभिन्न कुराबाट आफुलाइ चोख्याइने काम गर्दछन । यस्तै यस्तै विभिन्न महत्व बोकेको हुनाले तिज नेपालि महिलामा खाश पर्व बन्दै आएको हो तर हिजआज भने तिज मनाउने तरिकामा परिवर्तन हुदै आएका छन जसमा तिजको दिन तिज अन्त्य गरिन्छ र पंचमिलाइ विशेषतामा राख्न छाडिएको छ  । तिजमा  घरमा पकाएर खाइने दर आज होटर र क्याटरिङ्ग तिर सरेका छन । गहना र लुगाको देखासिखि , महिनौ दिन अगाडि बाट होटलमा खाइने दरले एक आपसमा को भन्दा को कम भन्ने कुदृष्टि निम्त्याएको छ । सब्य र सरल रुपमा मनाउदै पुराना रिति थितिमा जमेको सब्य तिज आजका दिनसम्म आउदा तिज पर्व तिज नभइ ऐउटा पार्टि विशेष बन्दै गएको छ जुन कुराले गर्दा आज धेरै बेथिति निम्त्याएको छ । मनको पिर गितबाट बिसाउनि चो चाडमा यतिसम्मका गित बजारमा आएका छन कि त्यो गित र दृष्य हेर्ने नै घिनलाग्दो छन । आफुलाइ परिवर्तित गर्ने हामिले हाम्रो रिति, थिति बिर्सेने काम गर्नुहुदैन  समय सगै परिवर्तन भएको नारी तिजले हामीलाइ कुरीति तर्फ लम्काएको छ, यो कुरालाइ महसुस गर्न ढिलाइ भो भने तिज, तिज रहदैन  ।
धार्मिक मान्यताका साथै नारीलाइ अगाडि बढाउन सहयोग गर्ने चाड तिजलाइ हामि सबैले सब्य र भव्य तरिकाले मनाउन आवश्यक पनि छ । नारी भित्रका आवाजलाइ बाहिर निकाल्न साहश दिलाउने यो चाडले नारिलाइ अगाडि बढाउन पनि उत्तिकै सहयोग गरेको पाइन्छ  तसर्थ तिजबाट राम्रा कुराहरु टिपेर आफुले आप्नो जिम्मेवारी नविर्सिकन अगाडि बढ्यो भने हामि नारी एक दिन पक्कै पनि अब्बल ठहरिनेछौ ।
हामिले हाम्रो रितिथितिलाइ कायम राखौ , संस्कृतिमा धनि नेपालमा कुनै आँच आउन नदिऔ, भड्क्याउला पर्वको सिर्जना नगरौ । सबैमा तिजले हासो, खुशि, उमङ्ग र जोश भरिदियोस । सबैमा तिज २०७३ को मङ्गलमय शुभकामना ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्