कावासोती, भदौ-१९, हिजो साँझ भएको सबारी दुर्घटनामा १ जना बालकको मृत्यु भएको छ । नवलपरासीको कावासोती १ हातिखोरमा लु १३ प ५०७८ नम्बरको मोतारसईकलले ३ बर्षिय रूद घर्तीमगरलाई ठक्कर दिदा उनको मृत्यु भएको हो । उनको नवलपुर अस्पताल कावासोतीमा प्राथमिक उपचार पछि भरतपुर तर्फ लैजादै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । बालकलाई ठक्कर दिने सवारी चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।[ad id=”8142″]