24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

अकिरामा सोनाक्षीको अलग्गै रुप, अभिनयमै दबंगी प्रस्तुत

- Advertisement -Flowers in Chania

भदौ-१८, मुरुगदास को कथा अकिरा (सोनाक्षी सिन्हा)को वरिपरि घुमेको छ । जोधपुरमा बाट उच्च शिक्षा अध्ययनका लागि आफ्नी आमासंग मुम्बई गएपछि सोनाक्षीको संघर्ष सुरु हुन्छ । टिपिकल अभिनय छाडेर सोनाक्षीले यस फिल्ममा फेरि एक पटक आफ्नो दवंग छबि देखाएकि छिन् । सोनाक्षीको एक्सनले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । उनको अभिनय लोभलाग्दो छ । त्यसो त भ्रष्ट प्रहरिको भुमिकामा अनुरागले पनि जीवन्त अभिनय गरेका छन् ।

कलेज भर्ना भएकै दिन र्‍याकिङको शिकार हुन्छिन् । स्कुल पढ्दैताक मार्शल आर्ट सिकेकि अकिराले आफुलाई र्‍याक गर्नेको क्षणभरमै सातो लिन्छिन् । फिल्म सुरु भएको केहि मिनेटमै उनको एक्सन हेरेर दर्शक प्रफुल्लित हुन्छन् ।

कथा अगाडी बढ्दै जाँदा अकिरा एउटा मर्डर केसमा फस्छिन् । उनले सामाना गर्नुपर्छ घुसखोर प्रहरि अधिकृत अनुराग कश्यपसंग, जो अकिरालाइ मार्न चाहन्छन् । अकिरा कसरि मर्डर केशमा परिन् । उनलाई किन मार्न चाहन्छन् प्रहरि अधिकृत यी सब घटनाक्रम बुझनका लागि हलमै जानुपर्ने हुन्छ । अकिरा निर्दोश सावित हुन्छिन् वा जेलमै फस्छिन् त्यो पनि हलमा नगई थाह पाउन सकिदैन ।कोणकोणा सेन, अमित साधले पनि राम्रो अभिनय गरेका छन् । दोस्रो हाफमा अक्षय कुमारको इन्टि्र दर्शकलाई सरप्राइज लाग्छ ।गजनी, होलिडे जस्ता फिल्म बनाएका मुरुगदासले सोनाक्षीकै लागि अकिरा बनाएजस्तो लाग्छ । उनको मेहनत फिल्ममा प्रसस्त देखिन्छ । यसलाई सोनाक्षीको अहिलेसम्मकै उत्कृष्ठ फिल्म हो भन्दा पनि फरक पर्दैन । कंगना रनौतले क्वीन, प्रीयंका चोपडाले मेरीकोम र सोनम कपुरले नीरजामा जसरि आफ्नो कुशल अभिनय प्रस्तुत गरेका थिए यसमा सोनाक्षीले त्यस्तै सान्दार अभिनय गरेकि छिन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania