27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 10:41

TRENDING .

नवलपरासीमा एकै दिन ३ स्थानमा सवारी दुर्घटना १३ जना घाईते

- Advertisement -

भदौ १८।हुलाकी टिम । पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीमा शनिबार भएको सवारी दुर्घटनामा १३ जना घाईते भएका छन् ।
घटना नम्बर १
जय श्री खोलामा भ्यान  खसेको छ । ना ३ च ५२४४ नम्बरको भ्यान विहान ४ बजेको समयमा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कुखुरा ओसारपसार गर्ने जिपका चालक नेपालगञ्ज देखी आएको हुदा चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
घटना नम्बर २
पुर्बपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको डण्डामा मोटरसाईकल दुर्घटनामा ३ जना घाईते भएका छन् । ना ५ ख २०८६ नम्बरको ट्रकले लु २ प ७२६१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी स्याङजाका साबित्री भट्टराई , धर्मराज भट्टराई र ७ वर्षिय वालिका सन्ध्या भट्टराई घाईते भएका छन् । तीज मान्नका लागि घर आउदै गर्दा दुर्घटनामा परेको बताईएको छ ।

घटना नम्बर ३
पुर्बपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट नगरपालिका हर्कपुरमा यात्रुबहाक बस पल्टदा  घाईते भएका छन् । कावासोती बाट नारायणगण तर्फ जादै गरेको ना ४ ख ३३३५ नम्बरको लोकल बस अनियन्त्रित हुदा बस पल्टदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । दुर्घटनामा ९ जना यात्रु घाईते भएका छन् । घाईते सबैको चितवनका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्