भदौ १८ । कावासोती । हुलाकी टिम । पुर्बपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट नगरपालिका हर्कपुरमा यात्रुबहाक बस पल्टदा घाईते भएका छन् । कावासोती बाट नारायणगण तर्फ जादै गरेको ना ४ ख ३३३५ नम्बरको लोकल बस अनियन्त्रित हुदा बस पल्टदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । दुर्घटनामा ९ जना यात्रु घाईते भएका छन् । घाईते सबैको चितवनका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।