भदौ १८ । कावासोती । हुलाकी टिम । पुर्बपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको डण्डामा मोटरसाईकल दुर्घटनामा ३ जना घाईते भएका छन् । ना ५ ख २०८६ नम्बरको ट्रकले लु २ प ७२६१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी स्याङजाका साबित्री भट्टराई , धर्मराज भट्टराई र ७ वर्षिय वालिका सन्ध्या भट्टराई घाईते भएका छन् । तीज मान्नका लागि घर आउदै गर्दा दुर्घटनामा परेको बताईएको छ ।