27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 12:19

TRENDING .

किन खुवाइन्छ चेलीबेटीलाई दर?

- Advertisement -
हिन्दु नेपाली संस्कारमा चेलीहरु तीजमा माइत जान्छन् र ब्रत बस्छन्। बल्लबल्ल माइत आएका चेलिबेटीहरूलाई मिठो खुवाउने मन अभिभावकहरुमा हुनु स्वभाविक हो। चेलिबेटीहरू तीजमा ब्रत बस्ने भएपछि उनीहरूलाई अघिल्लो दिन नै मिठोमिठो खुवाउने चलन पहिलेदेखि नै चलिआयो। यसरी तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनियो। पहिले-पहिले गाउँघरमा महिलाहरुले सामान्य खानेकुरा मात्र खान पाउँथे। यसबाट पर्याप्त पौष्टिक आहार पनि उनीहरुले पाउँदैनथे। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो। पहिले पहिले गाउँघरमा मिठो खान चाडबाड नै कुर्नुपर्थ्यो। त्यसकारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिला खानेकुरा सहित दर खुवाउने गरिन्थो। दरको रुपमा तीजको अघिल्लो दिन राती अबेरतिर अनादीको लट्टे, घ्यू हालेको खाना, खीर, ढकनीजस्ता तागत दिने खानेकुरा खाने चलन छ। तर हिजोआज दरको रुपमा माछा मासु लगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ। तीजमा ब्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर ब्रत बस्नु शुद्ध मानिदैन। ब्रत बस्ने अघिल्लो दिन दूध, घ्यूबाट बनेको चोखो र आडिलो खानेकुरा खानुपर्छ। हिजोआज ठाउँ अनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ। त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा ख्याल गर्नुपर्छ।

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्